सबै जनता आन्दोलनमा
सबै नेता भ्रष्टाचारमा
सबै युवा खाडीमा
देश सबै फाइनान्समा
किन उत्रिरहेका छन् सडकमा
माग कसले पूरा गर्ने देशले कि
सडकले?
अघि कसरी बढ्ने भन्ने सोचाई छैन
कसैको पनि
आत्मियता भन्ने सोचाई छैन कसैको पनि
बाटोमा सबै नाङ्गिएर माग पूरा हुने होर?
बनाएका संरचना भत्काएर माग,
पूरा हुने केही होइन
दिनदिनै बन्द हड्ताल गरेर,
माग पूरा हुने के हो आखिर?
दिन दिनै देश ऋण म डुबिरहेको छ
बेरोजगारी बढिरहेको छ
त्यसमै पनि तिलीले कसलाई
देखाउन गरेको हो यो नाटक फेरि?
आन्दोलनको नाम गरेर मान्छे मार्ने
उद्योग खोलेको छैन कतै
होईन भने किन
मरिरहेको छन्, जनता बाटोमा
दोषी सधै खुलेयाम हिड्छ
निर्दोषी मरि रहन्छ
आखिर किन?
बरु सबै सिध्याउने सोचमा छौं
सिधै भन्दा हुन्छ।
किन लगाउछौं आन्दोलनको नाम
हाँसीहाँसी जनता मर्न तयार छन्।
किन गर्छौं झुटो नाटक?
सबै आन्दोलनमा!