बाग्लुङ, गुल्मी, दाङ अर्घाखाँची त्यो रोल्पाको बीचमा
गण्डकी, लुम्बिनी, सुदुरपश्चिम यिनै प्रदेश माझमा
झिम्रुक खोला पनि यहीँ बग्दछ माण्डवी बग्दछ त्यो
स्वर्गद्वारीले छ चर्चित बहुतै त्यो जिल्ला प्यूठान हो।
सरुमारानी पालिका पारी तिर त्यो स्वर्गद्वारी पनि
ऐरावती गाउँपालिका त्यहीँ छ माण्डवी पालि अनि
देविस्थान दर्भान बजार पनि छ बडडाँडा पनि त्यो
चकचके भृङ्ग्री बजार रहेको त्यो जिल्ला प्यूठान हो।
मल्ल रानी गौमुखी र नौबहिनी झिम्रुक् प्यूठान पाली
बिजुवार मच्छे खलंगा बजार आहाः ती गौरव शाली
मगधको राज्यकिल्ला थियो उसबेला शासन मगरको
नेताहरूको उर्वर भूमि मानिने त्यो जिल्ला प्यूठान हो।
गाउँबस्तिका नामका पछि वाङ नाम रहेका छन् यहाँ
थरी थरी बाहुन, मगर जाती क्षेत्री, दलित छन् यहाँ
बाँधीकोट, ओखरकोट, गौमुखी साँस्कृतिक स्थल यहाँ
चुँजी कुमी भित्रीकोट रहेको त्यो जिल्ला प्यूठान हो ।
२०८१/१२/८ शुक्रबार चन्दननाथ-१ जुम्ला
हाल: खलंगा प्यूठान ।















