बाह्र पन्द्र वर्ष पार गरेकी
पाँच, छ कक्षा पास गरेकी
फक्रिँदै गरेकी कोपिला जस्तै
पलाउँदै गरेका पात जस्तै
उदाउँदै गरेका घाम जुन जस्तै
चम्किली, उजेली, हँसिली
बानि व्यवहार बचपन जस्तो
सानै कुरामा रिसाउने त
सानै कुरामा रमाउने
हुँदा हुँदै पनि
छिमेकी समाजले उनलाई
हेर्ने नजर, गर्ने व्यवहार
सबै कुरा फरक भयो
सबैले आ-आफ्नो
रुपमा हेरिरहेका हुन्छन्।
कसैले केहि त
कसैले केहि
अनेक कुरामा ध्यान लगाउन
थालिसकेको हुने रहिछन्।
कसैले उमेर
कसैले इज्जत
कसैले व्यवहार
जे अरुले सोचे
त्यो भन्दा सबै फरक थियो
कसैले पनि यो सोचेनन् की
उनीहरूमा पनि केही फरक
सोच विचार हुनसक्छ भन्ने
उनीहरुसँग पनि केही
रहर इच्छा सपना हुनसक्छ भन्ने
बाँच्दा सम्म केही कमाउन नसके पनि
उनले पनि अरुले जस्तै नाम कमाउन
सक्नु पर्छ
उनले आफ्नाे अधिकार बचाउन सक्ने हुनुपर्छ
हेरन, यही हुर्केकी छोरी हुनुले
कतिले ज्यान गुमाएका छन
कतिले इज्जत गुमाएका छन्
जुन शब्दमा छोरी छ
त्यो भन्दा बढी पीडाको भारी
बोकेर हिँडेको हुन्छन उनीहरू
हरेक कुरामा
आफू सोचेको भन्दा फरक
केहि त झन् यस्तो अवस्था छन् कि
मिरमिरे तारा जस्तै
उज्यालोको जुनकिरी जस्तै
जसको महत्व
न कसैले बुझ्न सके
न कसैले राखन सके।
अब दोषी कसलाई बनाउने
उमेर, रहर, जन्मलाई
कहिले काँही त लाग्छ की
छोरी हुनुमा गर्व होइन
पाप होकी जस्तो।