कुनै बेला नयाँ कपडा लगाई हिँड्दा मेला पर्वमा
गई जेरी खाँदा पनि आहाः गर्थे मिठाई पसलमा
गाउँबाट हाट बजार गर्न हाट लर्को लागेर जाँदा
बजारको झिली मिली देखेी भन्ने गर्थे मानिस आहा!
गाउँका मानिस जम्मै मच्चिएका हुन्थे खेतिपातिमा
गाईभैँसि खसिबाख्रा चराउन जाँदै हुन्थे गोठाला
रामप्रसाद र मीना झोला बोकी स्कुलमा जाँदै गर्दा
आहाः यसै गरी जान पाए हुन्थ्यो भन्दथे स्कुलमा।
माथि दौरा सुरुवाल, कोटटोपी जुत्ता हुन्थे गोडामा
बाँधेर हिँड्थे रामप्रसाद घडी राखी कलम् गोजामा
अड्डा जान लाग्दा आहा!यसैगरी त्यो अड्डामा कहिले
जान पाइएला भन्दै धेरै जन रहर् मान्ने गर्दथे।
तर बस्तु किन्न सक्दैनन् जन ऐले आफ्नै हाटमा
हिजो आहा: भन्दै खाने ती समसा र जेरीको ठाउँमा
आज मम: सेकुवा छोइला पिज्जा तिँ नामका खाजामा
खाने कुरा बदलिँदा आउँदैनन् नेपाली हजारमा।
रामप्रसाद जस्ता पढ्ने स्कुलमा आहा! नै लाग्न छोडे
सरकारीको ठाउँमा प्राइभेट स्कुल कलेजले जिते
हिजो सरकारी जागीर त्यो आहा!भनेर रमाउथे
आज खर्च नटर्ने जागीर भनि नाक् खुम्च्याउन थाले।
गाउँको पढाइ छोडी बिदेशको आहा! त्यो मान्न थाले
गाउँकी गुन्यु र चोलीवाली छोडी बिदेशी रोज्न थाले
आफ्नै पाखा पखेरा रनबनमा हुर्केकी नराम्री रे
अंग्रेजी बोल्ने मिड्डी र स्कर्टवाली आहा! लाग्न थाली रे।
देश विकास गर्छौं भनेर काँध कस्दै लागेका पनि
रोजगार दिनु भन्दा पठाउन विदेश आहा! मान्नि
युवा पलायन भइ चिन्तित हुनुको बदला बिदेशमा
अभियन्ता आहा!भन्न थाले रेमिट्यान्स आउने आशामा।
खुसि हुनुकी बेखुसि तीँ हुम्ली जुम्लीको उखान सम्झिन्छु
हुम्लीको त्यो भेडो नहुनु भन्थेरे जुम्लीको छोरो नहुनु
तर युवा आज खान लाउनकै लागि बेचिरहेछन् पसिना
दुःख लाग्छ विदेशमा गलेर यो मातृभूमि बिर्सिँदा।
(“प्रशान्त”२०८१/११/२०/चन्दननाथ- १ जुम्ला। हाल: खलंगा, प्यूठान।)
















