फूलै फूल बीच फूलिदेउ तिमी पनि फूल बनी,
फूल झैँ गरी फूलिदेउ बाधा जति आए पनि,
काँडासँगै हुरीबतास जे पनि आउन सक्छन्,
पन्छाउँदै फूलिरहनु शीतअसिना पर्नसक्छन् ।
सुन्दर बनी फूलिदेउ हेर्नेहरू आउन सक्छन्,
बास्नाहरू छरिदेउ सुँघ्न भनी आउन सक्छन्,
टिप्न चुँड्न खोज्नेदेखि भिरमा गई फूलि देउ,
जसले माया गर्छन् उनको गमलामा फूलिदेउ।
तिम्रा महिमा बढेकै छन् अझै अरु बढ्दै जाउन्,
फूल तिमी फूल्दैजाउ बास्ना तिम्रा मौलिरहुन्,
धानको बाला झुले सरी मन भरी झुली देउ
रंगीन् बनी आँखाभरी प्रेम भावले बसि देउ।

२०८१/१० /१६ बुधबार, खलंगा प्यूठान।
















