मंगलवार, ३ असार, २०८२

लघुकथा: रोजगार

जब सडक खन्ने कामको शुरुआत हुन थाल्यो, कामदारहरू बाहिरबाटै ल्याइए, बाटो खन्ने मेसिन बाहिरबाट‌ आयो।

गाउँमा सडक र नाला बनाउन ठेक्का खुल्यो। गाउँमा सडक र नाला बन्ने भएपछि एकातिर मोटरगाडी पुग्ने भयो भन्ने खुसिले रोजगार पाइने कुरामा गाउँले खुसि भएका थिए। अर्कोतिर काम खोज्न रोजगारीका लागि देश विदेश कतै जान नपर्ने भयो भन्दै गाउँका बुढापाका र युवाहरू खुसिले गदगद् भएका थिए।

ठेकेदारसँग भेटेर दुरदराजमा रहेको त्यो गाउँका जो जति युवा छन्, सबै सर्वसाधारण युवा मिलेर आफुहरूलाई सडक खन्ने काममा लगाईदिन आग्रह गरे। युवाहरूको आग्रहलाई ठेकेदार र उसका प्रमुख मान्छेले तपाईहरूकै गाउँ हो हेरौँला भनिरहेका थिए।

जब सडक खन्ने कामको शुरुआत हुन थाल्यो, कामदारहरू बाहिरबाटै ल्याइए, बाटो खन्ने मेसिन बाहिरबाट‌ आयो। यन्त्र चालक पनि बाहिरबाटो आयो। युवाहरू निरास भए, कामगरी खाने भन्दा पनि काम गरि खाने वातावरण पाउन सकेनन्।

सबै युवा नुनतेलको लागि प्रमाबाकसमा राखेर खाडि र दुवही मलेसिया तिर लागे। यता नेताभने गाउँगाउँमा सडक पुर्याएर गाउँका युवाले रोजगार पाइ मुलुक संबृद्व बन्नेछ भन्दै भाषण दिई रहेका थिए।

२०८१/९/२८ आइतबार।

(जुम्ला खलंगाका साहित्यकार हाल प्यूठान खलंगामा सरकारी वकिल हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार