सोमबार, ८ पुष, २०८१

कविता : सत्य

म सिङ्गो प्रमाण हुँ सत्यको
मसँग कसैले
असत्य बोल्दा नि सत्य लाग्छ।
कसैले चन्द्रमालाई सुर्य भन्दा नि
त्यही सत्य लाग्छ।

म पागल हुँ या सज्जन
दुनियाले खोला उल्टो बग्यो भन्दा नि
मलाइ त्यहि सत्य लाग्छ।
एउटा अर्ध पागल आएर
तँ पागल होस् भन्दा
मलाई त्यहि सत्य लाग्छ।

सोच्छु म नै निराकार हुँ
फेरि निलो आकाश हेर्छु
त्यही नै सत्य लाग्छ।

पैसा माग्दै आएको एउटा पिडित हेर्छु
आफ्नो गोजी छाम्छु पैसा झिक्न
मलाई मेरो गोजी सत्य लाग्छ।

मलाई सत्य म हुँ जस्तो लाग्छ
म नै सत्य हुँ जस्तो लाग्छ।
वास्तवमा सत्य को हो त?
म जसले आफूले आफूलाई सत्य मान्छु
या ऊ उसले आफैंलाई सत्य मान्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार