सोमबार, ८ पुष, २०८१

कविता : परदेशीको दशै

उता साँच्चैको दशै
यता मोबाइलमा दशै

यता बिहानको अलराममा दशै
उता तिथि र तथ्यमा दशै

यता निधारमा जिम्मेवारीको,
अनि काँधमा भारीको दशै
उता निधारमा टिकाको दशै

यता फोन कलमा दशै
उता टीका र जमरामा दशै

यस्तै हो म, हामी
परदेशीको दशै

यो रहर होइन, हो बाध्यता
बाध्यताको कसीमा बाँधिएका छौं

सरकार हामीलाई हरदिन
त्रिभुवन विमानस्थलबाट
लखेटिरहेछ कतै टाढा
अनि
मोबाइलको स्क्रिनमा
दशै मनाउन विवस छौं।

(तातोपानी -१ बाइराकाँका लेखक हाल कतारमा कार्यरत छन्।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार