सोमबार, ८ पुष, २०८१

सधैभरि जिउँ लाग्ने ममता जिन्दगीको

विश्व मानसिक स्वास्थ्य दिवस विशेष

बसन्तको छहारीजस्तै नविनता जिन्दगीको
सधैभरि जिउँ लाग्ने ममता जिन्दगीको

छहारीमा वरपिपलको बस्दा दुःख बिर्साउने
सुख दु:खसँग आखिर फेरी मित्रता जिन्दगीको
सधैभरि बाँचु लाग्ने ममता जिन्दगीको

उत्साह र उम‌ङ्गलाई चाह हुन्छ पाउने सबको
तर आखिर हाँसो र आँसु सम्भाव्यता जिन्दगीको
सुख दुःखसङ्ग आखिर फेरि मित्रता जिन्दगीको

नौलो सपना देख्ने, चाहना साँच्ने संसार यै रहेछ
आँधी र हुरी आइरहने स्पष्टता जिन्दगीको
तर आखिर हाँसो र आँसु सम्भाव्यता जिन्दगीको

कर्म गर्नुपर्ने, सङ्कटमा राखेर जीवन सदा
खोलो ठूलो छ तर्नु नै पर्ने रहस्यता जिन्दगीको
आँधी र हुरी आइरहने स्पष्टता जिन्दगीको।

नोट : यस विश्व मानसिक स्वास्थ्य दिवस, अक्टोबर १०, हामी आफैलाई सम्झना गरौं। कि यो हाम्रो मानसिक स्वास्थ्यको ख्याल राख्नु कत्तिको महत्त्वपूर्ण छ। हाम्रो मानसिक स्वास्थ्यले हाम्रो शारीरिक स्वास्थ्य र हाम्रो जीवनका अन्य धेरै पक्षहरूलाई धेरै असर गर्छ। हाम्रो मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ र मद्दत खोज्नु कमजोरी होइन बलको संकेत हो। छेउछाउमा, हामी कलंक तोड्न र एक अर्काको मानसिक स्वास्थ्यलाई समर्थन गर्न सक्छौं। सम्झनुहोस्, तपाईं कहिल्यै एक्लो हुनुहुन्न!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार