सोमबार, ८ पुष, २०८१

कविता : बोलेर नथाकेको मान्छे म

बोलेर नथाकेको मान्छे म
आजकल मौनतामा हराउने गर्छु।
बोलु त आखिर के भनी बोलू?
अनि सुनाउँ त आखिर कसलाई सुनाउँ?

म छु सबैका लागि,
कोही छैन मेरो लागि।
नितान्त एक्लो,
रातमा चम्किने जुनकिरी जस्तै,
छट्पटाउँछु अँध्यारोमा
अनि फेरी मुस्कुराउँछु दिनको उज्यालोमा।

भन्छिन्, आमा भाग्यमानी हुनु
अभागी खप्पर मेरो,
देखिन्छ जताततै पीडाको समुद्र मात्रै
सक्दिनँ मनको व्यथा सुनाउन
साथी भाइ अनगिन्ती खुसी साट्छन् आपसमा
तर निरश छन् मेरा दिन

कमजोर बनेको छु, बलियो भन्दा भन्दै
हारेको छु, हार मान्दिनँ भन्दा भन्दै,
म हटाउन चाहन्छु सबै यादहरु
मेटाउन चाहन्छु पीडाका सबै दागहरु

सक्दिनँ केही गर्न,
लाग्छ आफ्नो भविष्य आफै मेटाउदै छु।
खै किन हो आजकाल,
दिन दिनै हराउँदै गएको छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार