त्यो भ्रमित
त्यो अन्धविश्वासको
त्यो फल हिन फूलको
सिद्धान्तमा आधारित
हातमा डोरी नबाँधिदेउ चेली
बरु सुरक्षितका लागि
शासककै जितका विरुद्धमा
अन्याय, अत्याचारका विरुद्धमा
चेलीचेलाकै हारका विरुद्धमा
जितनै जितको उपहारस्वरूप
म युद्ध लड्न चाहन्छु
निधारमा कपन बाँधिदेउ चेली
हातमा बन्दुक थमाइदेउ चेली
कम्मरमा खुकुरी भिराइदेउ चेली
म एकपटक लड्न चाहन्छु
हाम्रो स्वतन्त्रताको लागि
हाम्रो रक्षाको लागि
यो कथित धर्म नामको
नशाले सधै तिमीलाई
लट्ठ बनायो, झुम बनायो
त्यसैले त हामीलाई
सधै सधै सिकार बनायो
म यो आध्यात्मिक धर्म
यो तथ्यहिन
यो सत्यहिन
भ्रमको खेती
विरुद्ध लड्न चाहन्छु
चेली मलाई मार्क्सवादको
चेतनामा थप डोरी बाँधिदेउ
जसले हाम्रो सच्चा माया र प्रेमलाई
अन्तिमसम्म टुट्न दिदैन, छुट्न दिदैन
चेली मेरो निधारमा
कफन बाँधिदेउ
जुन कफनले
हाम्रो सम्बन्ध बाँधियोस्
जुन कफनको सम्झनाले
तिमीलाई सेकेन्ड
सेकेन्डमा सम्झेर बसौं म
चेली
म एकपटक
कथित पुजीवादका विरुद्ध
युद्ध मैदानमा
भिड्न चाहन्छु
भिडाउन चाहन्छु
मलाई मेरो कमजोरी
विरुद्ध लड्न
हाम्रो सम्बन्धलाई
मजबुत बनाउन
निधारमा कपन बाँधिदेउ चेली
म सगरमाथाको चुचुरोबाट
सत्यताको, यथार्थको
बिगुल विश्वभरि फुक्न चाहन्छु
म सबै कथित धर्मलाई थुक्न चाहन्छु
धर्म भ्रम हो, विज्ञान सत्य हो भन्न चाहन्छु
मार्क्सवादको प्रतिक बन्न चाहन्छु
चेली एकपटक मेरो
निधारमा कफन बाँधिदेउ चेली