सोमबार, ८ पुष, २०८१

कथा : चरा र चरीको मित्रता

चराको मुखबाट रगत आएको थियोे। पखेटाका प्वाँख झरेका थिए। चरी मृत चरालई देखेर रुन थाली। चराको शरीरमा कमिलाहरु घेरिएको देखि। चरीले मनमनै सोचि आज म एक्लो भएको सबैलाई मन परेछ

धेरै समय अघिको कुरा हो। एउटा घना जंगलको बीचमा एउटा विशाल रुख थियोे। त्यही रुखमा चरा र चरी बस्थे। उनीहरु असाध्यै मिल्थे।

चराले चरीलाई आहारा ल्याइदिन्थ्यो। चराले चरिलाई आँ गर्न लगाउँथ्यो। चरी आँ गर्थी। चराले चरीलाई ठूलो आहारा लुकाएर सानो आहारा मुखमा दिन्थ्यो। चरि रिसाएर ठुस्किएर बस्थी। अनि चरा फकाउँदै चरीको मुखमा ठूलो आहारा राखिदिन्थ्यो।

उनीहरुको मित्रतालाई देखेर सबैले डाहा गर्थे। उनीहरु खुला आकाशमा वेग हानेर उड्थे। कहिले चरा अघि त कहिले चरी अघि हुन्थे। यसरी नै चरा र चरीका रमाइला दिनहरु बित्दै थिए।

एकदिनको कुरा हो चरा र चरी वेग हानेर धेरै टाढासम्म गएका थिए। धेरै टाढा पुगेका कारण उनीहरु धेरै थाकेका थिए। साँझपख त्यही रुखमा आएर बसे। थाकेर आएका कारण चरा र चरी दुबै निदाए।

रात छिप्पिदै थियोे। आकाशमा बिजुली चम्किदै थियोे। उनीहरु निदाइसकेका थिए। आकाशमा बिजुली चम्किएको र हावाहुरी धेरै चलेको कारण चरा र चरीलाई झस्काउँदै थियोे।

एक्कासी मुसल धारे पानी पर्‍यो। चरीले आफू हुत्तिएर भुइँमा खसेको महसुस गरि। नजिकै चरालाई हेरी। यताउता कतै देखिन। चरिको मन एकदमै आत्तिएको थियोे। चरा कता गयो भनेर खोज्दै थिइ।

हावाहुरीका कारण रुखका हाँगाहर भाच्चिएका थिए। मध्ये रातमा चरी त्यही रोखको छहारी मुनि ओत लागेर बसी। भनिन्छ असल मित्रतामा कसैको आँखा लाग्छ भनेर। सायद, चरा र चरीको मित्रतामा पनि त्यस्तै भयो।

यो मित्रतामा कसैको आँखा लाग्यो भनौं वा नियतिको खेल हो, थाहा भएन। विस्तारै रात छिप्पिदै थियोे। अँध्यारो भाग्दै थियोे। पानी पर्न कम भएको थियो। चरी चराको यादमा त्यही रुखको फेदमुनी बसेकी थिई। विस्तारै पानी रोकियो। घाम लाग्यो।

त्यो रमाइलो जंगल आज आएर चरीलाई सुनसान र निरश लागेको थियोे। चरी फेरि चराको खोजीमा हिँडी। खोज्दै जाँदा बिहानी दिनमा परिणत भयो। चरी आँखाभरी आँसु गरि चरालाई खोजिरही। चरि चरालाई खोज्दा खोज्दा थाकिसकेकी थिई।

केही समय पछि एउटा ठूलो ढुंगाको नजिकै एउटा खाल्डोमा परेर चरा मरेको अवस्थामा फेला पारी। रातीको हावाहुरीले होला चरा लछारिएर खाल्डोमा परेको।

चराको मुखबाट रगत आएको थियोे। पखेटाका प्वाँख झरेका थिए। चरी मृत चरालई देखेर रुन थाली। चराको शरीरमा कमिलाहरु घेरिएको देखि। चरीले मनमनै सोचि आज म एक्लो भएको सबैलाई मन परेछ।

चरीले चरालाई चुच्चाले घिसार्दै घिसार्दै खल्डोबाट बाहिर निकाली। आँखाभरी आँसु गरेर आफ्नो चुच्चाले एउटा खाल्डो खनी। चरालाई त्यो खाल्डोमा हाली र आँसु बगाउँदै खाल्डो पुरी।

चरालाई पुरेको खाल्डो हेरेर रुन थाली। चरीले आफ्नो जीवनमा एक्कासी यस्तो आँधी आउला भनेर कल्पना गरेकी पनि थिइन। अब चरी सधैका लागि एक्ली भई।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार