आईतवार, २ कार्तिक, २०८३

कविता : बेखुसी औंठा

बेलाबखत
सुटुक्क आइपुग्छ
हाँसो आइपुग्छ
आँसु आइपुग्छ
रुवाइ आइपुग्छ
खुसी पटक्कै बस्न रुचाउँदैन

एक पट्को भलाकुसारी गर्न
कोही त आफ्नो नहुनु भनेको
ऐलानी हुनु सरह रहेछ
बेखुसी बस्नु जस्तै रहेछ
जबकी अन्तिमसम्म त
मसानघाट पनि बेखुसी
र ऐलानी बन्दो रहेछ

छोडेर जानू पर्ने भए पछि
खरानीको औंठा छाप
कतै नामसारी हुन
अयोग्य ठहरिए पछि
अब पुग्न छैन
मालपोतको मुखिया खोज्न
जानू पर्दैन
तमसुकमा दायाँबायाँ लेख्न

किनकी दाखिला गर्न
बुढेसकालको वृद्ध उमेर
दौडिन नसक्ने रहेछ
अरुकै दर्ता खुसी भागबण्डा माग्न
नामसारी हुन कदापि छैन

बरु ऐलानी छु
ऐलानी रहन्छु
ऐलानी बन्छु
खासै अब बन्नु छैन बाँझो
दर्ता हुनु छैन नामसारी पाखो
बुढेसकालमा भागबण्डा हुन
वृद्ध उमेर कतै पुग्न सक्दैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार