केहि होस् मेरो हो भन्ने आधार एउटा
नत्र पर्खिएर बस्दैन सदावहार एउटा
सकुशल दुइ दुइ ओटा हात भएर पनि
फर्काउन सक्नु भएन नमस्कार एउटा
म जिन्दगि धकेलेर पनि खुसी हुन सकिनँ
ढोका धकेलेर खुसी छ चौकिदार एउटा
मलाइ यसरी बजारमा नबेचिदिए हुन्थ्यो
यस्तै खबर सँग बेचिन्छ अखबार एउटा
जिन्दगी हराएको मान्छेलाई कैद गरियो
मलाई छाप्न मन छ यस्तै समचार एउटा















