मंगलवार, ५ फाल्गुन, २०८२

समिपै रहेर त्यो स्पन्दन सुन्न मन छ
के भन्छ मेरो प्रिय मन सुन्न मन छ

नयनमा सागर हुलेर तस्विर दिने
प्रेमको अनुपम वर्णन सुन्न मन छ

तिमी नाप्नु तौल गर्नु क्षेत्र तोक्नु खुलेरै
भयो प्रणयको आयतन सुन्न मन छ

ताराको उज्यालोमा जूनसँग लुकामारी
अद्भूत हो मोहित गगन सुन्न मन छ

स्वासको अन्तिम रागबाट निस्केने धुन
मेरो प्रिया प्रेमिल वचन सुन्न मन छ

द्वैत रुप समिश्रण अद्वैत बने पछि
अस्तित्व दम्भको समर्पण सुन्न मन छ

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार