बुधबार, ३० पुष, २०८२

कविता – म कर्णाली बोल्दै छु

जब मान्छेहरुले कर्णाली सुन्दछन्
तब मान्छेहरु हतारिन्छन् र मलाई
विकट नामकरण गर्न एक पाइला पछि हट्दैनन्
र मेरो परिचय बन्छ विकट कर्णाली !

तिम्रो कानलाई कुन शासकले हो
कर्णालीलाई विकट सुनाइदियो?
तिम्रो आँखालाई कुन दोषी चस्माले हो
कर्णालीलाई दूर देखाइदियो?
कस्तो भ्रमको ज्ञान आर्जन गरेछौ तिमीले
ए कर्णालीलाई विकट देख्ने मान्छे !
म कर्णाली बोल्दै छु।

एकपटक तिमीले मलाई आफ्नो
सामीप्यमा राख अनि
अनुभूति गर्नेछौं म स्वर्गको काखमा छु भनेर

म कर्णाली बगेको लय हुँ
म नेपाली भाषाको परिचय हुँ
म शे-फुक्सोण्डो अनि रारा हुँ
म प्रकृतिको सौन्दर्य चम्किने तारा हुँ

म साहस हुँ म दास होइन
म कर्णाली हुँ म लास होइन

बरु म खास हुँ मभित्र सबथोक छ
मात्र राजधानीले गर्ने सौतेनीपन छ
मलाई विकट बनाइयो अब
म तिम्रो निकट बन्दै छु

म हिमताल हुँ
म फुट्दै छु म उठ्दै छु
किनकि म कर्णाली बोल्दै छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार