मिठो मुस्कान लिएर आउँदैछु अफिसमा
साहस त्यो देखाउँदै गाउँदैछु अफिसमा।
कुन कानून लाउँदा न्याय पर्ला भन्ने सोच्दै
कानूनका दफादफा म खोज्दैछु अफिसमा।
काम गरेर नथाक्ने हाम्रो पुर्ख्यौली गुण
खुसी साथ काम गर्छु रमाउँदै अफिसमा।
पीडा साँचेर धर्तीमा बाँच्न कत्ति मन छैन
कामसकि फुर्सदमा लौ नाच्दैछु अफिसमा।
सरकारी वकील हुँ समाजको अभियन्ता
जनताको सेवा गर्न धाउँदैछु अफिसमा।
खुसी मनले फर्कियोस् जनता घरमा जाँदा
सन्तुष्टि कसरी दिने यो सोच्दैछु अफिसमा।
“प्रशान्त”२०८२/९/१० बिहीबार।














