शुक्रबार, १५ फाल्गुन, २०८२

कविता : मैले किन गर्नु राजनिति?

म शिक्षक हुँ,
न मलाई सरुवा चाहिन्छ,
न मलाई बढुवा।
न त कुनै हाकिमको आशीर्वाद,
न त शक्तिको छायाँ।

एउटै स्कुलमा नियुक्ति भएँ,
त्यहीँबाट रिटायर हुन्छु।
यही मेरो सपना,
यही मेरो सम्मान।

दिनहुँ जान्छु,
कक्षाकोठा खोल्छु,
अक्षरमा भविष्य कोर्छु,
बालबालिकाको आँखामा
उज्यालो देख्छु।

बालबच्चासँग खेल्छु,
हाँसोमा शिक्षा मिसाउँछु,
कापी कलममै मेरो राजनीति,
ज्ञान बाँड्नु नै मेरो नीति।

किन मलाई नेता चाहियो?
किन मैले राजनीति गर्नु पर्‍यो?
किन चाहियो पार्टी?
किन चाहियो दल?

न त कमाउने कार्यालय जानु छ,
न त मुद्दा मिलाउन दौडिनु छ,
न त कुर्सीको लोभ,
न त पदको मोह।
म शिक्षक हुँ।

मेरो सत्ता कक्षाकोठा,
मेरो शक्ति विद्यार्थी,
मेरो विजय उनीहरूको सफलता।
त्यसैले,
मैले किन गर्नु राजनीति ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार