सोमबार, ९ भाद्र, २०८२

प्राकृतिक रुपले आगो आए मात्रै हुने अनौठो बिहे

धानुक समुदायमा बिहे गर्नेबेलामा (हुनेबेलामा) प्राकृतिक रुपमा जबसम्म आगो निकालिदैन तबसम्म कुनै काम गर्न मिल्दैन। मतलब बिहेको एकदिन आगाडी कथा (पूजा) हुन्छ र त्यो दिन आगो काठ बाट घर्सन गरि प्राकृतिक रुपले आगो निकालिन्छ।

तराइको धानुक (जाति) एक मात्र मधेशी समुदायको आदिबासी जनजाति हुन्। तराइमा चौधरी समुदायलाई नेपाल सरकारको आदिबासी जनजाति सुचिमा राखिएको छ। त्यसैगरी धानुक समुदायलाई पनि आदिबासी जनजाति समुदायमा राखिएको छ।

धानुक समुदायमा बिहे गर्नेबेलामा (हुनेबेलामा) प्राकृतिक रुपमा जबसम्म आगो निकालिदैन तबसम्म कुनै काम गर्न मिल्दैन। मतलब बिहेको एकदिन आगाडी कथा (पूजा) हुन्छ र त्यो दिन आगो काठ बाट घर्सन गरि प्राकृतिक रुपले आगो निकालिन्छ।

हाम्रो पुर्खाहरु आदिबासी हुन् र वहाँहरु पहिला पहिला प्राकृतिक रुपले आगो निकाल्नु हुन्थ्यो (काठ घर्सन/ढुंगा घर्सन गरि) र त्यसपछि त्यो आगोमा खानेकुराहरु पकाउथे अनि खान्थे।

त्यसैले र धानुकहरु यहाँको पहिलादेखि बसोबास गर्दै आएकोमा धानुक समाजलाई (जाति) पनि नेपाल सरकारको सुचिमा आदिवासी जनजाति समूहमा राखिएको छ।

आगो निकाल्ने विधि
बिहेको एकदिन अगाडि घरको देउतालाई पुजा गरिन्छ र त्यहिपुजा गर्ने ठाउमा अंडे/अंडेल/आरंडी(caster) सुकेको बोट माथि बाँसले घर्षण गरिन्छ। त्यो पुजा गर्ने ठाउँमा (आगो उठाउने ठाउँ) बिहे भएको पुरुषहरुले मात्रै जान पाउँछन् र आगो निकाल्ने मा मदत गर्छन्। सबैको मेहनत ले (प्रयास ले) आगो निस्किन्छ र त्यहि आगोले काम सुरुवात हुन्छ।

आगो आएन भने के हुन्छ ?
बेहुला र बेहुली दुइटैको घरमा आगो निकालिन्छ, मानौं आगो निस्केन कसैको घरमा (बेहुला वा बेहुली) त्यसपछि अर्को को आगो आएको ठाउँबाट ल्याउनुपर्छ।

जस्तै मानौं बेहुलाको घरमा आगो आएन तर बेहुलीको घरमा आगो आइसकेकोछ त्यसपछि बेहुला पट्टिकाले बेहुलीको घरमा गइ आगो मागेर ल्याउने चलन छ। अनि सबै कम हुन्छ र त्यसपछि बिहे हुन्छ।

तर त्यसो गरेमा लज्जित हुने कुरो आउँछ कि त्यो ठाउँ को मान्छेमा आगो निकाल्ने छामता छैन (power छैन) लज्जित गर्छन्। जिस्काउने गर्छन्, अर्को पट्टिकाले। त्येसैले सकेसम्म आगो नै निकालिन्छ।

तर आजभोली धेरैले आगो नानिकलेर किन्ने गरेका छन्। कुनैबेला आगो नआउने कारणहरु;
-पुजागर्ने ठाउँमा देउताले चाहिने जति पुजा सामग्री भए भने,
-एकको ठाउँमा अर्को सामग्री चढाएमा देउतालाई जस्तै लुगा पँहेलो/रातो को सट्टा कालो हरियो चढाएर पुजा गर्दा,
-त्यो आगो निकाल्ने ठाउँको छेउछाउमा बेहुला बेहुली भएमा (हुनुभएन),
-आगो निकाल्नुभन्दा पहिला नै कसैले सिमा क्षेत्र भित्र आगो अन्तै बालेमा,
-कोही न नुहाएर आएमा,
-कोइ खाएर आगो निकाल्न आएमा
-कुनै किसिमको गलत प्रक्रिया अपनाएमा

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार