शुक्रबार, १५ फाल्गुन, २०८२

जुम्ला सिंजामा ट्याक्टर दुर्घटना, चालक घाइते

जुम्लाको सिँजा गाउँपालिका–३ नराकोट बसपार्क नजिक ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

सोमबार बिहान करिब २ः३० बजेतिर कनकासुन्दरी गाउँपालिका–४ का ललजिंग बुढाले चलाएको भे २ त २०६२ नम्बरको ट्याक्टर पार्किङ गर्ने क्रममा एक्कासी अनियन्त्रित भई इञ्जिनको भाग मात्र पल्टिँदा दुर्घटना भएको नराकोट प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक बुढाको टाउको, बायाँ कान र हातमा चोट लागी घाइते भएका छन्।

उनलाई सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको र अहिले उनकी अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार