जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रामा कमल सार्कीको घरमा शुक्रबार अचानक आगलागी हुँदा पाँच जनाको परिवार विचल्लीमा परेको छ।
टिनले छाएको १२ कोठे कच्ची घरको पहिलो तलाबाट सुरु भएको आगोले ठूलो क्षति पुर्याएपछि नेपाल निजामती कर्मचारी संगठनले शनिबार २६ हजार ७ सय रुपैयाँ राहत सहयोग प्रदान गरेको हो।
संगठनका अध्यक्ष पदम प्रसाद न्यौपानेले कर्मचारीहरू बीच समन्वय गरी तत्कालीन राहत उपलब्ध गराएको जानकारी दिँदै, विपत्तिको घडीमा सबैले सक्दो सहयोग गर्नुपर्ने बताए।
उनले भने, “हामीले सुरुवात मात्र गरेका हौँ, अब अरूले पनि सहयोग गर्नेछन्।”
राहत वितरण कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य धर्मराज रावल, मुन प्रसाद खत्री, खडानन्द चाैलागाई, कमला धरला लगायतकाे उपस्थिति रहेकाे थियाे।



















