कर्णाली राजमार्ग अवरुद्ध भएको आज चार हुँदा निकै कठिनाईको साथ राजमार्ग खुलेको छ। सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोट शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोलामा गएको ठूलो पहिरोको कारण हालसम्म सडक अवरुद्ध भएको थियो।
सडकमा ठूला ढुङ्गा खसेर अवरुद्ध कर्णाली राजमार्ग नेपाली सेनाको र सडक डिभिजन कार्यालय जुम्लाको रोहवरमा मंगलबार बाटो खुलेको हो। उक्त अवरुद्ध सडक खुल्न विस्फोट गरेर नेपाली सेनाले खुलाउन सफल भएको हो ।
सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर सुवाश रोकायकाअनुसार भर्खरै बाटो खुलेको खबर सडककै कर्मचारीबाट आइसकेको बताए
















