शुक्रबार, १५ फाल्गुन, २०८२

सुर्खेतमा जुवातास खेल्दै गरेका चार जना पक्राउ

सुर्खेत जिल्लामा प्रहरीले दुई फरक कारबाहीमा जुवातास खेल्दै गरेका चार जनालाई नियन्त्रणमा लिएको छ भने भन्सार छली गरी ल्याइएको सामान समेत बरामद गरेको छ।

बिहिबार दिउँसो करिब २ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, सनिहल लाइनस्थित महाबु गेष्ट हाउसमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

नगर प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक (प्र.नि.) दिनेश तिमिल्सेनाको कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त होटलको कोठा नम्बर ३०५ मा छापा मार्दा नगद रु. ४१ हजार ५२५ र १२ बुक ताससहित चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–७ का २४ वर्षीय हुकुम शाही, ३० वर्षीय हेमन थापा, ३४ वर्षीय हेमराज थापा र ३६ वर्षीय सुरेश के.सी. रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको जनाएको छ।

यसैबीच, भेरीगंगा नगरपालिका–५, बबई चेकपोष्टमा प्रहरीले अबैध सामान बरामद गरेको छ। प्र.स.नि. हर्कबहादुर तिरुवाको नेतृत्वमा खटिएको टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा बिना बिलभर्पाई ल्याइएको सामान बरामद गरेको हो।

बरामद सामानमा ६० पोका सुपर पावर सुर्ती, ८५ पोका स्वीट सुपारी, १२० पोका कमला पसन्द, २०० केजी चिनी, १२९ थान जेम्स अन्डरवेयर र १२ बोतल माउन्टेन डिउ रहेका छन्। यी सबै सामानको मूल्य करिब रु. ८३ हजार २२५ बराबर हुने प्रहरीले जनाएको छ।

बरामद सामानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको छ भने सवारी साधनलाई भने गन्तव्यतर्फ छाडिएको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार