शुक्रबार, १५ फाल्गुन, २०८२

कुवेतबाट मानव वेचबिखनका फरार प्रतिवादी पक्राउ

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादीलाई नेपाल प्रहरीले कुवेतबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढाथोकाका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका–२, सप्तरी समझीँघाका ३९ वर्षीय कृष्ण सुनारलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग (इन्टरपोल शाखा नक्साल, काठमाडौं) मार्फत नेपाल ल्याई पक्राउ गरिएको हो।

२०७२ साल असार २७ गते पीडित महिलालाई विवाह गर्छु भन्दै विभिन्न प्रलोभनमा पारी भारतको हिमाचल प्रदेश, सिमलासम्म पुर्‍याई बेचविखन गरेको आरोपमा कृष्ण सुनारविरुद्ध सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएसँगै उनी फरार रहेका थिए।

घटनापछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्ने क्रममा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। सोही सूचनाका आधारमा NCB नेपाल र NCB कुवेतको समन्वयमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

हाल प्रतिवादीलाई सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी मानव वेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार