सोमबार, ९ भाद्र, २०८२

उपचाररत डिकेशको मृत्यु,आफन्त आन्दोलित

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत हिमा ३ का डिकेश नाथ योगिको निधन भएको छ।

गएको जेठ २५ गते पेट दुखेर कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरि डिकेशको अपरेशन भएको थियोे । तर अप्रेसन बिग्रिएपछि उनको स्वास्थ्य झन् गम्भीर बन्दै गएको थियोे । भने उपचारको क्रममा आज बिहान निधन भएको हो।

निधन हुने बित्तिकै आफन्तहरू बिहानैदेखि कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान अगाडि आन्दोलित भएका छन्। मृतकका आफन्तहरूले स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

त्यस्तै जिल्लाका भातृ संघठनहरुले र पीडित परिवारलाई क्षतिपूर्ति माग गर्दै प्रतिष्ठानमा चरम लापरबाही भएको र पीडितले आवश्यक राहत नपाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा अहिले पीडित पक्ष सरकारी निकाय र प्रतिष्ठानको प्रशासन आवश्यक छलफल गरिरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार