कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा डा. पुजन कुमार रोकाया नियुक्त भएका छन्।
मंगलबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकायालाई उपकुलपतिमा नियुक्त गरेका हुन।
प्रधानमन्त्री कार्यालय स्राेतका अनुसार कर्णालीको उपकुलपतिमा सहप्राध्यापक रोकायालाई उपकुलपति नियुक्त गरिएको हो।
जुम्ला स्थायी घर भएका उनी एक दशक बढी समयदेखि कर्णालीमा काम गर्दै आएका छन्।















