जुम्ला आइडलको विजेताले रु.२२,२२२२ प्राप्त गर्नेछन् । भोलिबाटै सो आइडलमा सहभागी हुनको निम्ति आवदेन दिन सक्नेछन् भने आइडल भदौ र असोजको बीचमा जुम्ला सदरमुकाम खलंगामै सम्पन्न हुने आर.के.बि इन्टरटेन्मेन्ट हाउसका निर्देशन राजकुमार वैश्यले बताए ।
नेपालको मौलिक संस्कृति, लोककला र नेपाली भाषाको उद्गम स्थल जुम्ला जिल्लामा पहिलो पटक जुम्ला आइडल सुरु हुन लागेको छ । लोक संगीत, झ्याउरे भाका, देउडा, परम्परागत नृत्य र भेषभूषाले पहिचान बोकेको जुम्लामा पहिलोपटक आइडल हुन लागेको हो ।
सांस्कृतिक सम्पदालाई सम्मान गर्ने हेतुले आगामी राष्ट्रियस्तरको जुम्ला IDOL-Dancing & Singing) कार्यक्रम मार्फत जुम्लाका लुकेका प्रतिभाहरुलाई राष्ट्रिय मञ्चमा चिनाउने उदेश्यले सो गर्न लागिएको आयोजकले जनाएको छ ।
जुम्लाको दुर्गम भौगोलिक अवस्था र सीमित जवसरका बाबजुद यहाँका नव प्रतिभाहरूको कला क्षमता अद्भुत भएको र त्यसैले हाम्रो अभियान भन्नेकै गाउँ-गाउँमा लुकेका प्रतिभाहरुलाई उजागर गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुऱ्याउने मुख्य उद्देश्य भएको आयोजक टिमका तुलराज गिरीले बताए ।
यस आइडललाई सफल पार्न करिब रु. २०,००,०००/- (बिस लाख) रकमको अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ भने कर्णाली प्रदेश अन्तर्गत रहेको जुम्ला जिल्लाका प्रतिष्ठित संघसंस्था, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकहरुलाई कार्यक्रमलाई सफल पार्नको लागि सहयोगको अपेक्षा समेत गरिको छ ।
जुम्लाका गायक तथा नृत्यकर्मीहरूको प्रतिभाक उजागर, संरक्षण र प्रवर्द्धन गर्नु युवाहरुलाई नशा, बेरोजगारीबाट हटाएर सिर्जनात्मक यात्रामा प्रेरित गर्न यसको सुरुवात गरिएको हो ।
जुम्ला आइडलको विजेताले रु.२२,२२२२ प्राप्त गर्नेछन् । भोलिबाटै सो आइडलमा सहभागी हुनको निम्ति आवदेन दिन सक्नेछन् भने आइडल भदौ र असोजको बीचमा जुम्ला सदरमुकाम खलंगामै सम्पन्न हुने आर.के.बि इन्टरटेन्मेन्ट हाउसका निर्देशन राजकुमार वैश्यले बताए ।