मंगलवार, १३ माघ, २०८२

यार्सागुम्बा विक्री नहुदा मारमा संकलक र व्यापारीहरु

मुगु जिल्लाको मुगमकामारोङ्ग गाउँपालिकास्थित उच्च वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको कारोबारमा यसवर्ष ठूलो समस्या देखा परेको छ । अन्तर्राष्ट्रियदेखि स्थानीय बजारसम्म यार्साको मूल्य निरन्तर घटिरहेकाले संकलक र व्यापारी दुवै निकै प्रभावित बनेका हुन् ।

उच्च मूल्यको आशामा यार्सागुम्बा संकलन गरेका स्थानीयहरूको मेहनत यसपटक पानीमा बग्ने अवस्था आएको छ भने करिब दुई क्विन्टल यार्सागुम्बा मुगुमै थन्किएको छ तर किनमेलको शून्य रहेको छ। संकलन त भयो, तर व्यापारीसँग कारोबार नहुँदा यस व्यवसायमा संलग्न सम्पूर्ण पक्ष मारमा परेका छन्।

पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा पनि यार्साको कारोबारमा आएको गिरावट आएको स्पष्ट देखिन्छ। आर्थिक वर्ष ०८०/८१ मा मुगुबाट करिब ७९ किलो यार्सा निर्यात भएको थियो, जसबाट करिब २४ लाख ५५ हजार रुपैयाँ राजस्व उठेको थियो। तर हालसालै सकिएको आर्थिक वर्ष ०८१/८२ मा निर्यात घटेर २६ किलोमा सीमित रहँदा राजस्व पनि घटेर ८ लाख रुपैयाँ जति मात्रै संकलन भएको छ।

समस्या मूल्यमा मात्रै सीमित छैन। यार्सागुम्बा उत्पादनमा पनि कमी आएको छ। परिपक्व नभएको बेलामै यार्साको संकलन, अवैध चोरी निकासी, वन क्षेत्रमै आगलागी, मौसममा आएको चरम परिवर्तन, र जनचेतनाको अभावले उत्पादन र संरक्षण दुबैमा असर पुर्‍याएको छ।

डिभिजन वन कार्यालय मुगुका निमित्त प्रमुख प्रकाश गिरीका अनुसार यार्साको संरक्षण र संकलन व्यवस्थापनका लागि चेतनामूलक कार्यक्रमको तयारी भइरहेको छ। यद्यपि स्थानीयवासीको समस्या समाधान गर्न अहिले प्रत्यक्ष पहल नहुँदा बिचौलियाले फाइदा लिने डर बढिरहेको छ।

गत वर्ष प्रतिगोटा यार्साको मूल्य पाँचसयदेखि एक हजार रुपैयाँसम्म पुगेको थियो भने प्रति केजीको मूल्य १७ लाखदेखि १८ लाखसम्म रहेको थियो। तर यो वर्ष त्यस्तो छैन। व्यापारीको चासो हराएको छ र बजार सुनसान छ।

स्थानीय संकलक टारी लामाले यसपटक यार्साको कारोबार घटेपछि गाउँमै बाँच्न गाह्रो भएको बताएका छन्। उता मुगमकामारोङ्ग गाउँपालिका–२ का वडाध्यक्ष च्यावा लामाका अनुसार, गाउँ वरपरका पहाडहरूबाट हरेक वर्ष दुई क्विन्टलभन्दा बढी यार्सा संकलन हुनेगर्छ। तर यसवर्ष मूल्य नपाएपछि कसैले बेच्न सकेका छैनन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार