मंगलवार, १३ माघ, २०८२

सुनका गरगहना चोरी गर्ने एक युवक पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ नयाँ बजारस्थित एक घरमा भएको सुनचाँदी चोरीको घटनामा संलग्न हुने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान करिब ११:३० बजे कल्पना मल्लको घरमा कोही नभएको मौका पारेर घरभित्र पसेर सुनचाँदीका गरगहना र नगद रकम चोरी भएको थियो। चोरी भएको धनमालमा करिब २.५ तोलाको सुनको सिक्री, एक थान ईन्डियन मंगलसुत्र, बेरुवा औंठी, काँक्रेविहार औंठी, झाला, क्लिप, ब्रास्लेट र नगद ५० हजार रुपैयाँ समावेश छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले SOCO र प्रविधिमार्फत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा सीसीटिभी फुटेज र अन्य प्राविधिक प्रमाणहरूका आधारमा प्रहरीले वीरेन्द्रनगर ६ शान्तिटोल बस्ने १८ वर्षीय अर्जुन गहतराजलाई उक्त चोरीको अभियोगमा पक्राउ गरेको हो । उनी विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार