अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको अन्तरक्रिया कार्यक्रम सांसद ज्ञानेन्द्र शाही सहभागी हुँदै छन् । राष्ट्रवादी विचारमा आफ्नो धारणा व्यक्त गर्न शाही न्युयोर्कमा सहभागी हुन लागेका हुन् ।
अगस्ट ९, को साँझ, क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा मिट एण्ड ग्रिट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।हिमानी ट्रष्ट अमेरिका न्युयोर्क शाखाले , प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा प्रवासी नेपालीले राजनीतिक अवस्था, राष्ट्र, धर्म-संस्कृति, र प्रवासी नेपालीको हकहितबारे प्रत्यक्ष रूपमा शाहीसँग संवाद गर्न पाउने स्रोतले जनाएको हो ।
पछिल्ला वर्षहरूमा राष्ट्रप्रेम, स्वाभिमान र पारदर्शिताका पक्षमा आवाज उठाउँदै आएका शाही विशेषगरी युवामाझ लोकप्रिय छन्। अमेरिका बसोबास गर्ने नेपाली समुदायबीच उनको आगमनलाई लिएर उत्साह देखिएको छ । आयोजकहरूका अनुसार कार्यक्रममा नेपाली समुदायका अगुवा, सामाजिक अभियन्ता, विद्यार्थी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता उक्त कार्यक्रममा हुनेछ ।














