मंगलवार, १३ माघ, २०८२

जुम्लामा चाडपर्व लक्षित बजार अनुगमन: म्याद गुज्रेका खाद्यवस्तु भेटिए

चन्दननाथ नगरपालिकाले साउन २० गते खलंगा बजारमा चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि बजार अनुगमन गरेको छ।

उपभोक्ता हित संरक्षण समितिको आयोजनामा गरिएको उक्त अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाको नेतृत्व रहेको थियो।

अनुगमन टोलीमा कार्यवाहक नगरप्रमुख तिलकप्रसाद न्यौपाने, प्रशासन कार्यालयका अधिकृत मिनबहादुर रावल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्रमुख प्राक्षा न्यौपाने, उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटा, उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख मन्दिरनाथ योगीसहित सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीहरू सहभागी थिए।

बजारका १२ वटा खाद्यान्न पसल निरीक्षण गर्दा केहीमा म्याद गुज्रेका र अखाद्य वस्तु बिक्री भइरहेको पाइएको छ। व्यापारीलाई मौखिक चेतावनी दिइएको र आवश्यक परे कारबाही अघि बढाइने जानकारी दिइएको छ।

खाद्यान्नको म्याद, मूल्य सूची, स्वच्छता र भण्डारणसम्बन्धी विषयमा व्यापारीलाई सचेत गराइएको छ। संयोजक बुढथापाले उपभोक्ताको हक सुरक्षाका लागि नियमित अनुगमन जारी राख्ने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार