बुधबार, २१ माघ, २०८२

नेपाली कलाकार आमाजुमी र अमृतले भेनिस बिएनाले २०२५ मा ऐतिहासिक प्रस्तुति दिने

याक्थुङ आदिवासी कलाकार आमाजुमीले “अगेन्स्ट द डाइङ अफ द लाइट” शीर्षकमा २० मिनेट लामो मार्मिक प्रस्तुति दिनेछिन्। उनले अन्तरिक्षमा बिताएको समयका अनुभूतिलाई काव्यात्मक शैलीमा प्रस्तुत गर्नेछिन्। आमाजुमी यस्ता एनालग अन्तरिक्ष परियोजनामा सहभागी हुने पहिलो याक्थुङ आदिवासी कलाकार बनेकी छन्।

कला र विज्ञानको संगममा आधारित परियोजना ‘ए स्टडी इन आइसोलेसन’ को विश्व प्रिमियर आगामी जुलाई २६, २०२५ मा भेनिस वास्तुकला बिएनालेमा हुने भएको छ। नेपालका कलाकार आमाजुमी र अमृत कार्कीले उक्त कार्यक्रममा ऐतिहासिक प्रस्तुति दिनेछन्।

यस परियोजनाले काल्पनिक कृत्रिम अन्तरिक्ष वास अनुभव (analog space mission) लाई आधार बनाई एक्लोपन, मानसशास्त्र, वास्तुकला, र मानव अस्तित्वका विभिन्न तहहरूबारे संवाद गर्नेछ। परम्परागत पश्चिमी–केन्द्रित दृष्टिकोणलाई चुनौती दिँदै, यसले विश्वका विविध आवाजहरूलाई अन्तरिक्ष अनुसन्धानको बहसमा समावेश गराउने लक्ष्य राखेको छ।

नेपाली सहभागिता, अन्तरिक्ष अनुभवको कलात्मक प्रस्तुति:

पोल्याण्डस्थित लुनेरेस रिसर्च सेन्टर र इन्स्टिट्युट बी६१ को सहकार्यमा सञ्चालित परियोजनामा कलाकार आमाजुमी र अमृत कार्कीले केही समय कृत्रिम अन्तरिक्ष गुप्तवास (isolation mission) मा बिताएका थिए। सोही अनुभवलाई कलाको माध्यमबाट अभिव्यक्त गर्न उनीहरू भेनिसमा प्रस्तुत हुँदैछन्।

याक्थुङ आदिवासी कलाकार आमाजुमीले “अगेन्स्ट द डाइङ अफ द लाइट” शीर्षकमा २० मिनेट लामो मार्मिक प्रस्तुति दिनेछिन्। उनले अन्तरिक्षमा बिताएको समयका अनुभूतिलाई काव्यात्मक शैलीमा प्रस्तुत गर्नेछिन्। आमाजुमी यस्ता एनालग अन्तरिक्ष परियोजनामा सहभागी हुने पहिलो याक्थुङ आदिवासी कलाकार बनेकी छन्।

त्यस्तै, कलाकार अमृत कार्कीले पनि अन्तरिक्षमा बिताएको एकान्तवास, समय र संवेदनाको अनुभवलाई परफर्मेन्स आर्टमार्फत प्रस्तुत गर्नेछन्।

प्रस्तुति मात्र होइन, बहस पनि:

प्रिमियर समारोह ‘द युनिभर्स पभिलियन’ (Cannaregio 5063, 30121 Venice) मा साँझ ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा प्रदर्शनीसँगै सार्वजनिक छलफल पनि आयोजना हुनेछ, जसमा लेसेक ओजाओस्की, अन्तरिक्ष उद्यमी कोलोडिया क्यासल, कलाकार आमाजुमी, अमृत कार्की र परियोजना सर्जक यान स्वेरकोभस्की सहभागी हुनेछन्।

भविष्यका लागि विस्तारित योजना:

‘ए स्टडी इन आइसोलेसन’ ले ‘एक्लोपन’ (isolation) लाई सिर्जनात्मक शक्ति र समावेशी भविष्य निर्माणको आधारका रूपमा प्रस्तुत गर्न खोजेको हो। भेनिसपछिका संस्करणहरू युरोप तथा एशियाका विभिन्न देशमा आयोजना गरिनेछ। परियोजना अन्तर्गत नेपालमा पनि आगामी दिनमा यस्तै कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार