सोमबार, २ असार, २०८२

जुम्ला तिलाको घोडे गाउँमा सौर्य ऊर्जाबाट कुटानी-पिसानी मिल सञ्चालन, स्थानीयलाई राहत

जुम्लाको तिला गाउँपालिका–६ मा रहेको ग्रामीण घोडे गाउँमा सौर्य ऊर्जाबाट सञ्चालित कुटानी-पिसानी मिलले स्थानीयको दैनिकी सहज बनाएको छ।

आर्थिक वर्ष २०८१–८२ मा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ लाख रुपियाँको लगानीमा सौर्य ऊर्जाबाट सञ्चालित यो मिल पहिलोपटक गाउँमा सञ्चालनमा आएको वडाध्यक्ष जंग रोकायाले बताए।

वडाध्यक्ष रोकायाले भने, “पिठो, मकै लगायतका अन्न कुटानी-पिसानीका लागि दुई घण्टा हिँडेर छिमेकी गाउँ सुडी, रिपी वा कालिकोट जिल्लाको रताड पुग्नुपर्ने बाध्यता थियो। हिउँदमा खोला सुकेर र चैत, वैशाख, जेठमा खडेरीले घट्ट नचल्दा झनै समस्या हुन्थ्यो।”

यो मिल सञ्चालनमा आएपछि गहुँ, मकै लगायतका अन्न पिस्नका लागि २-३ घण्टा हिँडेर पानीबाट चल्ने घट्टमा पुग्नुपर्ने बाध्यता हटेको छ। स्थानीयले अब गाउँमै सहज रूपमा कुटानी-पिसानी गर्न पाएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार