जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३, हुरीका समाजसेवी तथा युवा नेता धनराज बुढाले आफ्नो २५औँ जन्मदिनको अवसरमा जुम्लास्थित कर्णाली माध्यमिक विद्यालय, अनामनगरमा अध्ययनरत ४८ जना फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
शैक्षिक सामग्री वितरण गर्दै जन्मदिन मनाएका बुढा उत्साहित हुँदै भन्छन्, “जन्मदिन मनाउने बहानामा अनावश्यक खर्च गर्नुभन्दा आवश्यकता परेकालाई सक्दो सहयोग गर्नु नै उत्तम हो।”
जुम्ला बहुमुखी क्याम्पसमा स्नातक तहको चौथो वर्षमा अध्ययनरत बुडा सोही क्याम्पसका स्ववियु सहसचिव पनि हुन्। सानैदेखि सहयोगी भावनाले प्रेरित उनले विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।