बिहीबार, २८ फाल्गुन, २०८२

तिलागुफाका ३५७ विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

कालिकोटको तिलागुफा नगरपालिका–१ मा रहेका विभिन्न विद्यालयका ३५७ जना विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरिएको छ। मालिका माध्यमिक विद्यालय, नाग्ममा आयोजित एक समारोहमा यो वितरण कार्य सम्पन्न भएको हो।

कार्यक्रम मालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको थियो। तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकरप्रसाद उपाध्याय प्रमुख अतिथि र उप–प्रमुख महेन्द्र बहादुर शाही विशेष अतिथिका रूपमा उपस्थित थिए।

वडा नम्बर १ का वडाध्यक्ष, शिक्षक, विद्यार्थी र अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम निकै उत्साहजनक थियो।

उप–प्रमुख शाहीले तिलागुफा नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर १ का विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको बताए।

वितरण कार्यक्रममा मालिका माध्यमिक विद्यालय, नाग्मका १८९ जना, जनता आधारभूत विद्यालय, चौरभिग्मका ४४ जना, कालिका प्राथमिक विद्यालय, ढाडिभिग्मका ५७ जना र जगन्नाथ आधारभूत विद्यालय, घडेराका ६७ जना विद्यार्थीले पोशाक प्राप्त गरे।

यो पहलले विद्यार्थीहरूको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने र उनीहरूको आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार