नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन चन्दननाथ नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा लक्ष्मीनारायण उपाध्याय अध्यक्ष, सिता रावल उपाध्यक्ष, प्रेमानन्द न्यौपाने सचिव, सूर्यबहादुर रावत कोषाध्यक्ष, भक्तिलाल बुढा सहसचिव र धीरबहादुर महत सदस्यमा चयन भएका छन्।
यसैगरी, अधिवेशनले जिल्ला प्रतिनिधिका रूपमा रामबहादुर भण्डारी, तन्तबहादुर महत, लक्ष्मीचन्द्र न्यौपाने, बल भक्री र नवीन महतलाई सर्वसम्मत चयन गरेको छ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला समितिका सचिव उत्तम देवकोटाले अधिवेशनले संगठनलाई थप सुदृढ र सक्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित पदाधिकारीहरूले कर्मचारीहरूको हकहित र पेशागत विकासका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरी लगायत कर्मचारी नेताहरु उपस्थिति रहेको थियोे।