शनिबार, ६ बैशाख, २०८२

अदानचुलीमा पहिरो जाँदा २६ बाख्राको मरे

पहिरोले गोठ पूर्णरूपमा पुरिएपछि ७० बाख्रामध्ये २६ वटाको मरेका छन्। २९ बाख्रा जिवित उद्धार गरिएको छ भने बाँकीको अवस्था अझै अज्ञात छ।

हुम्लाको अदानचुली गाउँपालिका–३, गोरपालीको छहराखेतमा अविरल वर्षापछि आएको बाढीपहिरोले स्थानीय आईते बुढाको बाख्राको गोठ पुरिँदा ठूलो क्षति भएको छ।

पहिरोले गोठ पूर्णरूपमा पुरिएपछि ७० बाख्रामध्ये २६ वटा मरेका छन्। २९ बाख्रा जिवित उद्धार गरिएको छ भने बाँकीको अवस्था अझै अज्ञात छ।

स्थानीयका अनुसार शुक्रबार रातिदेखिको लगातार वर्षाले जमिन भासिँदा पहिरो गएको थियो। यसले बुढाको गोठ पूरै नष्ट गरेको हो।

आईते बुढाले पशुधन गुमाउँदा ठूलो आर्थिक नोक्सानी भएको भन्दै राहत मागेका छन्। गाउँपालिकाले उद्धार टोली पठाएर राहत कार्य गरिरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार