शुक्रबार, ५ बैशाख, २०८२

धौलापानीमा ५७ लाखको लिफ्ट सिँचाइ आयोजना सम्पन्न

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार, ५० घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ।

जुम्लाको तातोपानी गाउँपालिका–६, धौलापानीमा ५७ लाख ६१ हजार २३२ रुपैयाँ लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ। सुख्खा जमिनमा सिँचाइ सुविधा पुर्‍याएर किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित यो आयोजना सम्पन्न भएको हो।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा विद्युतबाट सञ्चालित लिफ्ट सिँचाइ प्रणाली बनाइएको छ। आयोजनाको सार्वजनिक सुनुवाइ गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईको उपस्थितिमा सम्पन्न भएको छ।

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार, ५० घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ। यो प्रणालीले धौलापानीको सुख्खा क्षेत्रमा स्याउ, ओखर र तरकारी खेतीका लागि नयाँ सम्भावना खोलेको वडा अध्यक्षले बताए।

गाउँपालिका अध्यक्ष चौलागाईले ३५ घरधुरीसहित आसपासका किसानलाई यो सुविधा विस्तार गर्न र प्रविधिको अधिकतम उपयोग गर्न सुझाए। पालिकाले पाइपलगायत सामग्रीमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यो आयोजनाले किसानको उत्पादन र जीविकोपार्जनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

ट्रेन्डिङ

ताजा समाचार