मंगलवार, ३ असार, २०८२

प्रेस सेन्टर कर्णालीको अध्यक्षमा प्रतीक भट्टराई चयन

नवनिर्वाचित अध्यक्ष भट्टराईले कर्णाली प्रदेशको पत्रकारितालाई थप सशक्त र जिम्मेवार बनाउन आफ्नो टिमले महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनले प्रतीक भट्टराईलाई अध्यक्षमा चयन गरेको छ। आइतबारदेखि सुरु भएको अधिवेशनबाट भट्टराई नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

अधिवेशनले खुला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्षमा उपेन्द्रप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवहरूमा तिलकराज वली, नरजन तामाङ, जुनाकुमारी रावत, प्रिमाकुमारी विश्वकर्मा (प्रेरणा) र तुलाराज चौलागाईंलाई चयन गरेको छ।

त्यस्तै, कोषाध्यक्षमा कृष्ण शर्मा र लेखा समिति संयोजकमा प्रचण्ड खत्री निर्वाचित भएका छन्। सदस्यहरूमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रबहादुर बुढाथोकी, कालीबहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष भट्टराईले कर्णाली प्रदेशको पत्रकारितालाई थप सशक्त र जिम्मेवार बनाउन आफ्नो टिमले महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार