यो अवसरमा कृषकहरूको धान भिजाउने गरेका छन्। जुम्लामा मार्सी धानको क्यालेन्डरलाई विधिवत् रुपमा लागू गर्ने काम चैत १२ गतेबाट हुन्छ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०८१ चैत १२ गते मंगलबार जुम्ला जिल्लामा मनाइने धान दिवसको अवसरमा जिल्लाभर सार्वजनिक बिदा घोषणा गरेको छ।
मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमद्वारा मिति २०८१ चैत ११ गते जारी सूचनाअनुसार, जुम्ला जिल्लास्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा उक्त दिन बिदा रहनेछ।
सूचनामा भनिएको छ, “मिति २०८१ चैत १२ गते मंगलबारका दिन जुम्ला जिल्लामा धान दिवस मनाइने भएकोले जिल्लाका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ। यो सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।”
धान दिवस नेपालमा हरेक वर्ष असार १५ गते मनाइने परम्परा रहे पनि जुम्लामा भने स्थानीय परिस्थिति र मौसमी अवस्थाअनुसार चैत १२ गते यो दिवस मनाउने गरिएको छ।
यो अवसरमा कृषकहरूको धान भिजाउने गरेका छन्। जुम्लामा मार्सी धानको क्यालेन्डरलाई विधिवत् रुपमा लागू गर्ने काम चैत १२ गतेबाट हुन्छ।