आठ दिनसम्म चल्ने तालिममा मेलमिलापका कानुनी आधार, प्रक्रिया र व्यावहारिक अभ्यासमा जोड दिने विश्वास गरिएको छ।
जुम्लाको गुठीचौर गाउँपालिका, धलमुडीमा २०८१ चैत्र ९ देखि १६ गतेसम्म संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को आयोजनामा “मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम” सम्पन्न भएको छ।
गुठिचौर गाउँपालिकाको आयोजना र मानव अधिकार तथा ग्रामीण विकास केन्द्र, सुर्खेतको समन्वय र सहजीकरणमा भएको यो कार्यक्रम “संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना-२ अन्तर्गत सञ्चालित भएको हो।
उक्त तालिमले स्थानीय स्तरमा मेलमिलापको माध्यमबाट न्यायिक प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शान्ति मल्ल भण्डारीले मेलमिलापको उद्देश्यबारे आफ्नो धारणा राखेकी थिइन्।
उनले भनिन्, “मेलमिलापले विवादलाई छिटो र शान्तिपूर्ण तरिकाले समाधान गर्न मद्दत गर्छ। यसले समुदायमा आपसी समझदारी र सहकार्य बढाउँछ, जसबाट सबैले न्यायको अनुभूति गर्न सक्छन्।”
उनले यो तालिमले स्थानीय जनप्रतिनिधि र समुदायलाई मेलमिलाप प्रक्रियामा दक्ष बनाउने विश्वास व्यक्त गरिन्।
यस्तै, न्यायिक शाखा दर्ता अधिकारी तपेन्द्र भण्डारीले तालिमको महत्वबारे जानकारी दिँदै भने, “यो तालिमले सहभागीहरूलाई मेलमिलापका आधारभूत सिद्धान्त र प्रक्रियाबारे ज्ञान प्रदान गर्ने छ। यसले गाउँमै साना विवाद समाधान गर्न सक्षम जनशक्ति तयार गर्नेछ।”
उनका अनुसार सबैको पहुच न्यायमा हुने छ। आठ दिनसम्म चल्ने तालिममा मेलमिलापका कानुनी आधार, प्रक्रिया र व्यावहारिक अभ्यासमा जोड दिने विश्वास गरिएको छ।
युएनडीपीको यो पहलले ग्रामीण क्षेत्रमा संस्थागत सुधारमार्फत न्याय प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
तालिमले गुठीचौरका बासिन्दालाई विवाद समाधानको वैकल्पिक उपाय प्रदान गर्दै सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको उपाध्यक्ष भण्डारीको भनाइ छ।
कार्यक्रमले जनताकोको घर्दैलोमा न्यायमा पहुँच पुगाउने उपाध्यक्ष भण्डारीको विश्वास छ।