सोमबार, २ चैत्र, २०८२

माओवादीको लालकिल्ला हुम्लाको ताँजाकोट गाउँपालिका समितिको अध्यक्षमा मोहन परियार (मदन) चयन

कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री माननीय रन सिंह परियारले गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रभाव क्षेत्र मानिने हुम्लाको ताँजाकोट गाउँपालिकाको समितिको अध्यक्षमा मोहन परियार (मदन) चयन भएका छन्।

गत चैत्र २ गते तोकिएको गाउँ अधिवेशन प्रतिकूल मौसमका कारण निर्धारित समयमा सुरु हुन नसके पनि चैत्र ४ गते खुला सत्र आयोजना गरी नेतृत्व चयन गरिएको हो।

कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री माननीय रन सिंह परियारले गरेका थिए। अधिवेशनले नयाँ नेतृत्वसहित ४५ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा नर प्रसाद जैसी, धनरुप थापा र सिपकली खत्री चयन भएका छन्। त्यस्तै, सचिवमा पुनिमल खड्का, कोषाध्यक्षमा प्रदिप जैसी र सहसचिवमा जानदत्त जैसी निर्वाचित भएका छन्।

बाँकी सदस्यहरू सहित ४५ जनाको टिमले आगामी दिनमा गाउँपालिकामा पार्टीको गतिविधि सञ्चालन गर्ने स्थानीय राजेन्द्र हुम्लीले बताए।

उनका अनुसार ताँजाकोट गाउँपालिकालाई माओवादीको ‘लालकिल्ला’ भनेर चिनिन्छ, जसले यहाँको राजनीतिक प्रभाव र सक्रियतालाई झल्काउँछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार