मंगलवार, ३ असार, २०८२

कर्णाली नदीमा डुंगाबाट खसेर मजदुर हराए

१० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्दै आएका सेजुवाल सोमबार बिहान कर्णाली नदीको पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँतर्फ आउँदै थिए।

कर्णाली नदी तर्ने क्रममा ड्रमको डुंगा चढेका एक कामदार बेपत्ता भएका छन्।

कर्णाली करिडोरको घाटचौर–लैफु सडकमा कार्यरत मुगुको रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल सोमबार बिहान नदीमा हराएका हुन्।

१० महिनादेखि कर्णाली करिडोरमा ज्याला मजदुरी गर्दै आएका सेजुवाल सोमबार बिहान कर्णाली नदीको पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुंगा चढेर काम गर्ने ठाउँतर्फ आउँदै थिए।

उनी नदी तर्ने क्रममा डुंगाबाट खसेको कालिकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिए।

“तीनवटा ड्रम जोडेर बनाइएको डुंगामा चार जना चढेका थिए। डुंगा ढल्किँदा देवनाथ नदीमा खसे,” उनले भने, “स्थानीय र प्रहरीले खोजी गरिरहेका छन्, तर अहिलेसम्म भेटिएका छैनन्।”

कर्णाली करिडोरको कालिकोट पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किलोमिटर चट्टान विस्फोटनसहितको सडक निर्माण नेपाली सेनाले जिम्मा लिएर गरिरहेको छ।

उक्त सडक हाल घुमाउरो बाटो हुँदै नानिकोटको बोलु गाउँबाट घाटपारी चौरसम्म झारिएको छ। कर्णाली नदीको तीरैतीर ट्याक खुलेपछि यो दूरी १० किलोमिटर छोटो हुने बताइएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार