सोमबार, २ असार, २०८२

जुम्लामा गणेश नेपालीको नेतृत्वमा स्वास्थ्य प्राविधिक संघको नयाँ कार्यसमिति

वि.सं. २०३६ मा स्थापना भएको नेपाल स्वास्थ्य प्राविधिक संघ विशुद्ध पेशागत संगठन हो।

नेपाल स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सर्वसम्मत रूपमा चयन भएका छन्।

शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनले नेपालीको नेतृत्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा खुला उपाध्यक्षमा भरत बुढा, समावेशी उपाध्यक्षमा बिराजु जि.सी, महिला उपाध्यक्षमा सरिता पोख्रेल, कोषाध्यक्षमा सीता सिंह र सचिवमा सुरेश पन्त चयन भएका हुन।

संघका केन्द्रीय सदस्य कमल रावतका अनुसार, यो अधिवेशनले स्वास्थ्यकर्मीहरूको हकहित र पेशागत मर्यादाका लागि सक्रिय संगठनको नेतृत्वलाई थप सशक्त बनाएको छ।

वि.सं. २०३६ मा स्थापना भएको नेपाल स्वास्थ्य प्राविधिक संघ विशुद्ध पेशागत संगठन हो।

“यो सम्पूर्ण स्वास्थ्यकर्मीहरूको साझा मञ्च हो, जसले स्वास्थ्यकर्मीहरूको अधिकार र आधारभूत स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पुर्याउन आवाज उठाउँदै आएको छ,” रावतले बताए।

नवनिर्वाचित अध्यक्ष गणेश नेपालीले आधारभूत स्वास्थ्य सेवा जनताको अधिकार भएको र पेशागत मर्यादा तथा सुरक्षाका लागि संगठनले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

“हामी स्वास्थ्यकर्मीहरूको सम्मान र सेवाको गुणस्तर अभिवृद्धिका लागि कटिबद्ध छौं,” उनले भने।

यो नयाँ नेतृत्वले जुम्लाको स्वास्थ्य क्षेत्रमा सुधार र प्राविधिकहरूको हितमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार