बिहीबार, ५ चैत्र, २०८२

जुम्लामा विद्यार्थीहरूसँग अनेरास्ववियु नेता भण्डारीको जन्मदिन

भण्डारीले ज्ञानज्योति आधारभूत विद्यालय, तिला–४ का २६ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै जन्मदिन सामाजिक कार्यमार्फत मनाएका हुन्।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज विराज भण्डारीले आफ्नो जन्मदिन विद्यार्थीहरूसँग मनाएका छन्।

उनले श्री ज्ञानज्योति आधारभूत विद्यालय, तिला–४ का २६ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै जन्मदिन सामाजिक कार्यमार्फत मनाएका हुन्।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राध्यापक, शिक्षक तथा अभिभावकहरूको उपस्थिति थियो।

भण्डारीले परम्परागत रूपमा होटलमा जन्मदिन मनाउने खर्च जोगाएर विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराएको बताए।

कार्यक्रममा विद्यार्थीहरूले खुशी व्यक्त गर्दै प्राप्त सामग्रीले उनीहरूको अध्ययनमा सहयोग पुग्ने बताए।

अभिभावक र शिक्षकहरूले पनि भण्डारीको सामाजिक उत्तरदायित्वप्रति आभार प्रकट गरे। कार्यक्रममा उपस्थित अभिभावकहरूले भण्डारीलाई अभिर लगाएर सम्मान गरेका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार