नेपाल निजामती कर्मचारी युनियनको ९औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट मिम राज खत्रीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो।
सोमबार अधिवेशन सहमतिमा टुंगिएको निर्वाचन समितिका सदस्य प्रकाश उपाध्यायले जानकारी दिए।
माघ २६ गते उद्घाटन समारोह सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा खुलातर्फ शुक्रराज शाही, महिलातर्फ गीता हमाल, समावेशीतर्फ सुस्मिता थापा, सचिवमा क्षेत्र बहादुर महत, सह-सचिवमा मदन प्रसाद, कोषाध्यक्षमा प्रकाश रानासहित ३१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
यस्तै, प्रदेश अधिवेशनका लागि प्रेम बहादुर शाही, नेत्रराज रेग्मी, खगराज न्यौपाने, सृजना महत, कल बहादुर बुढा र पुष्पा बुढालाई प्रतिनिधि चयन गरिएको छ।
केन्द्रीय महाधिवेशनका लागि उपेन्द्र चौलागाई, लोक बहादुर शाही (एल.बी.), जग बहादुर बस्नेत, गोपाल बुढा, महेन्द्र आचार्य र रमिला बुढा निर्वाचित भएका छन्।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्र बहादुर खड्काले अधिवेशन सहमतिमा टुंगिनु युनियनलाई थप सशक्त बनाउने संकेत भएको बताए।
















