बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्।
“हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ। सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ,” बैठकमा उनले भनिन्, “यो आवाजलाई सरकारले सुन्छ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु।”
उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सुझाव पनि दिएकी छिन्।
“युवालाई बोलाउनुस्, पेलेरै यो सदनबाट विधेयक पारित हुन्छ भन्ने हामीले देखेका पनि छौं। कन्टेन्ट क्रियसन भनेको के हो? सोसल मिडियाका सामान्य कुराहरू पनि नबुझेर सरकारले यो विधेयक ल्याएको छ,” उनले भनिन्।
सबै सांसदहरूले युवाहरूको आवजलाई उठाउनपर्ने सांसद श्रेष्ठको भनाइ थियो।
युवाहरूलाई आग्रह गर्दै उनले भनिन्, “तपाईंहरूको आवाज यो सदनले सुन्नैपर्छ । अब सबै सांसदले युवाको आवाज सुन्न दिने?”
















