पक्राउ परेकाहरूमा विरेन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय हर्कबहादुर खनेल, २२ वर्षीय टेकबहादुर सुनार, ४२ वर्षीय शङ्कर बादी, र २१ वर्षीय राजन दमाई रहेका छन्।
लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागू औषध नियन्त्रण शाखाको संयुक्त टोलीले चार जना पुरुषलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र वीर विश्वकर्माका अनुसार बिहीबार साँझ ४:१५ बजे सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११, सुब्बा कुना टोलबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूमा विरेन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय हर्कबहादुर खनेल, २२ वर्षीय टेकबहादुर सुनार, ४२ वर्षीय शङ्कर बादी, र २१ वर्षीय राजन दमाई रहेका छन्।
उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी शरीर तथा घर कोठामा खानतलासी गर्दा प्लास्टिकसहित २ ग्राम २३० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको डिएसपी विश्वकर्माले जानकारी दिए।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। प्रहरीले लागू औषध कारोबार नियन्त्रण गर्न नियमित रूपमा विशेष अभियान सञ्चालन गर्दै आएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध लागू औषधसम्बन्धी ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ।














