सोमबार, ८ पुष, २०८१

कालपकोट जीप दुर्घटना: घाइतेहरूको उद्दारका लागि घटनास्थलमा हेलिकोप्टर पुग्यो

आइतबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

कालीकोटको पलाँता गाउँपालिका-३, राडूनेटामा आइतबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार, पलाताको थिर्पूबाट २० यात्रु लिएर गइरहेको बोलेरो गाडी सडकबाट करिब ५०० मिटर तल खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको हो।

बाँकी १० जना यात्रु घाइते भएका छन्, जसको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइतेहरूको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट घटनास्थलतर्फ पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप विवरण आउने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्।

यो पनि पढ्नुस् 
https://kuteero.com/samachar/2996/

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार