सोमबार, ८ पुष, २०८१

कालिकोटको पलाँतामा जिप दुघर्टना हुँदा ६ जनाको निधन, १३ जना घाइते

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थानीयसँग कुराकानी गर्दै मृतक संख्या र घटनाको अवस्थाबारे पुष्टि गरेका छन्।

कालिकोटको पलाँतामा आइतबार दिउँसो बोरेलो जीप अनियन्त्रित भई दुर्घटनामा पर्दा ६ जनाको घटनास्थलमै ज्यान गएको छ। 

मृतकको पहिचान खुल्न बाँकी भए पनि, स्थानीय स्रोतका अनुसार दुर्घटना निकै भयानक भएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थानीयसँग कुराकानी गर्दै मृतक संख्या र घटनाको अवस्थाबारे पुष्टि गरेका छन्।

घटनामा १३ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारको आवश्यकता रहेकाले गृह मन्त्रालयसँग हेलिकप्टरको माग गरिएको छ। 

प्रहरी र सेनाको टोली दुर्घटनास्थलमा खटिएको छ भने उद्धार र सहायता कार्यलाई तीव्र बनाइएको छ।

पलाँताका दुर्गम सडक र जोखिमपूर्ण यात्रा दीर्घकालदेखि समस्या रहँदै आएको हो। जसले गर्दा हरेक वर्ष त्यहाँ यस्ता दुखद घटनाहरू दोहोरिने गरेका छन्। 

यस दुर्घटनाले त्यहाँका स्थानीयको जीवनलाई फेरि एकपटक झकझक्याइदिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार